मानुषी र सिर्जनशील लघुवित्त मर्ज हुने

Read Time = 2 mins

काठमाडौं । मानुषी लघुवित्त र सिर्जनशील लघुवित्त मर्जर हुने भएका छन् । दुई संस्था एकआपसमा गाभ्ने/गाभिनेसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा मानुषी लघुवित्तकी सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य तथा सिर्जनशील लघुवित्तका सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको सिर्जनशील लघुवित्त नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त राष्ट्रियस्तरका संस्था हुन् । समान चुक्ता पुँजी रहेका दुवै संस्थाले सर्वसाधारणमा सेयर जारी गरिसकेका छन् । मर्जरपछि संस्थाको नाम मानुषी सिर्जनशील लघुवित्त वित्तीय संस्था रहने प्रस्ताव छ ।

मर्जर प्रक्रियाका लागि दुवै संस्थाबाट तीन/तीनजना प्रतिनिधि रहने गरी संयुक्त मर्जर समिति गठन गरिने र मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य रहेको बताइएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिर्जनशील लघुवित्तले देशभर ३३ शाखामार्फत् ४१ हजार नौ सय ४८ परिवारमा सेवा प्रदान गर्दै आएको छ भने मानुषीले १४ जिल्लामा ३६ शाखामार्फत् ३४ हजार तीन सय ८७ सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?