मुकेश र राजपुरा पहिलो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राजपुरा पछाईं तेस्रो मदन भण्डारी स्मृति पाँच किमि रोड रेसमा पहिलो हुनुभएको छ । खुलातर्फ पुरुषमा मुकेश र महिलामा राजपुरा पहिलो हुनुभएको हो । रन क्लब नेपालद्वारा आयोजित दौडमा मुकेशले निर्धारित दूरी १५ मिनेट २२.९ सेकेण्डमा पूरा गर्नुभयो । आर्मीकै सञ्जय श्रेष्ठ दोस्रो तथा गजेन्द्र राई तेस्रो हुनुभयो । निर्धारित दूरी तय गर्न सञ्जयले १५ मिनेट २७.५ सेकेण्ड तथा गजेन्द्रले १५ मिनेट ३१.९ सेकेण्ड समय खर्चनुभयो ।

राजपुराले शीर्ष स्थान हात पार्नेक्रममा १८ मिनेट १६.२ सेकेण्ड समय निकाल्नुभयो । दोस्रो हुनुभएकी प्रहरीकै राममाया बुढाले १८ मिनेट १६.५१ सेकेण्डमा दौड पूरा गर्नुभयो । तेस्रो स्थानकी आर्मीकी पुरनलक्ष्मी न्यौपानेको टाइमिङ १८ मिनेट १७.०५ सेकेण्ड रहृयो । पुरुष/महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र आठ हजार नगद पुरस्कार प्राप्त गरे ।

स्कुलतर्फ छात्रमा विकेश घिमिरे पहिलो तथा नवराज गुरुङ दोस्रो हुनुभयो । सो स्पर्धाको छात्रामा सोनु घतानीले स्वर्ण, पूर्णिमा श्रेष्ठले रजत तथा जेशिका महर्जनले कांस्य जित्नुभयो । छात्र/छात्रामा पहिलो हुनेले १० हजार, दोस्रोले पाँच हजार र तेस्रोले तीन हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई म्याराथनका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट, नेपाल ¥याफ्टिङ एण्ड क्यानोइङ संघका कार्यवाहक अध्यक्ष राजीव श्रेष्ठ, पूर्वधावक बुद्धवीर लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?