सिन्धुली । तीन दिनअघि कारको ठक्करबाट घाईते भएकी बालिकाको मंगलबार मृत्यु भएको छ ।
कमलामाई नगरपालिका–९ बस्ने १० बर्षिया विपाशा गुवाजुको न्युरो अस्पताल वासबारीमा उपचारका क्रममा मृत्यु भएको हो ।
मदन भण्डारी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–९ कोरुङखोला नजिक कारले उनलाई ठक्कर दिएको थियोे ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार सडक पार गर्ने क्रममा बालिकालाई सिन्धुलीबाट कटारीतर्फ जाँदै गरेको बा १५ च ९२३८ नम्बरको कारले ठक्कर दिएर घाईते बनाएको हो ।
ठक्कर दिने कार र चालक प्रहरीको नियन्त्रणमा रहेको उहाँले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच