क्यानडाविरुद्ध कप्तान रोहित पौडेल र देव खनालले पनि बनाए अर्धशतक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका कप्तान रोहित पौडेल र अर्का खेलाडी देव खनालले पनि अर्धशतक बनाएका छन् । पौडेलले ६७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक बनाए । देव खनालले ५६ बलमा अर्धशतक पूरा गरेका हुन् ।

त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध २८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितसँगै देव खनाल र अनिलकुमार साहले पनि अर्धशतक बनाए । अनिलले १९ बलमा अर्धशतक पूरा गरेर २०औ बलमा आउट भएका थिए । आसिफ शेख १० रन बनाएर आउट भइसकेका छन् ।

नेपाल २८ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा १७० रनमा खेलिरहेको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ८५ रनको योगफल बनाएकाे थियाे ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?