यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज एक अमेरिकी डलरको खरिद मूल्यमा सामान्य ० दशमलब ६ पैसाले वृद्धि भएको छ ।  अमेरिकी डलरको खरिद मुल्य १२९ रुपैयाँ ८२ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४२ पैसा तोकिएको छ ।

यस्तै शुक्रबार   युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९८ पैसामा खरिद बिक्री भएको थियोे भने  आज युरोपियन युरो ० दशमलब ६४ पैसाले उकालो लागि  एकको खरिददर १३६ रुपैया ५४ पैसा  विक्री दर १३७ रुपैयाँ १८ पैसा कायम रहेको छ । अष्ट्रेलियन डलरको खरिदर  ८८ रुपैयाँ ४३ पैसा  र बिक्रीमा ८८ रुपैयाँ ८४ पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ ।

यस्तै,  क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९७ रुपैयाँ,  सिंगापुरे डलरमा ० दशमलब ४५ पैसाले उकालो लागि यसको खरिददर ९६ रुपैयाँ १० पैसा र विक्री दर ९६ रुपैयाँ ५५ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६७  पैसा र विक्रीमा ९ रुपैयाँ ७१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ७० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?