उद्योग मन्त्रालयको पुँजीगत खर्च १५ प्रतिशत

Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान वृद्धि गर्न उत्पादन वृद्धिमा टेवा पु¥याउने, उद्योग तथा वाणिज्य पूर्वाधार निर्माणको लक्ष्यअनुरूपको प्रगति हासिल गर्ने गरी काम गर्ने बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेतको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री दाहालको अध्यक्षतामा मन्त्रालय र अन्तर्गतका निकायको आर्थिक वर्ष २०७९÷०८० को दोस्रो त्रैमासिक अवधिको प्रगति समीक्षा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले छिमेकी तथा व्यापार सम्भावना भएका देशसँग व्यापार तथा लगानी सम्झौता गर्ने, वैदेशिक लगानी बढाउन नीतिगत तथा प्रक्रियागत सुधारमा जोड दिने बताउनुभयो ।

उहाँले नतिजामुखी उच्च मनोबल र समर्पणका साथ कार्य गर्न मन्त्रालय एवं विभाग र सम्बद्ध निकायका प्रमुखहरूलाई निर्देशनसमेत दिनुभयो ।

समीक्षा बैठकमा योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य डा. रामकुमार फँुयाल, मन्त्रालयका सचिवद्वय डा. तोयनारायण ज्ञवाली र मधुकुमार मरासिनीलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले औद्योगिक उत्पादन बढाउन, स्टार्टअप च्यालेन्ज फण्ड परिचालन गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव अनुकूलनको तयारी गर्न, औद्योगिक तथा वाणिज्य पूर्वाधार निर्माणमा तीव्रता दिन, प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयनको सुरुवात तथा दिगोपना कायम गर्नुका साथै खानी तथा खनिज पदार्थको उत्खनन्का लागि अनुसन्धान तथा विकास कार्य अघि बढाउन नीतिगत निर्देशनसमेत उहाँले दिनुभयो ।

मन्त्रालयको पुँजीगत खर्च १५.७ मात्रै भएको छ । चालु वर्षको आठ महिनामा उक्त खर्च भएको छ । मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा तथा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा सुस्त कार्यप्रगतिको विषयमा छलफल भएको छ । सो अवसरमा आयोजनाहरूको वित्तीय एवं भौतिक प्रगतिको अवस्थाबारेमा योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख जीवलाल भुसालले प्रस्तुतीकरण दिनुभएको थियो । समीक्षा अवधिमा मन्त्रालयले नीतिगत सुधारको कार्य गरेको, मन्त्रालयको कुल खर्चमध्ये पुँजीगत खर्च १५.७ प्रतिशत भएको र वित्तीय प्रगति ४८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?