धनियाँका फाइदै फाइदा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । हाम्रो भान्सामा प्रयोग हुने धेरै खाद्य पदार्थ हाम्रो स्वास्थ्यका लागि फाइदाजनक रहेका छन् । हामीले प्रयोग गर्ने मसाला र तरकारीहरू स्वास्थ्यका लागि फाइदाजनक रहेका छन् । हरियो धनियाँ स्वाद र सुगन्धका लागि भान्सामा प्रयोग गरिन्छ जसले तरकारीलाई स्वादिलो र बास्नादार बनाउँछ । हरियो धनियाँलाई दाल, विभिन्न प्रकारका तरकारी र अचारमा मिसाएर खान मानिसहरू निकै रुचाउँछन् । अझै भन्नुपर्दा धनियाँको स्वाद मन नपराउने मान्छे विरलै होलान् ।

धनियाँको पातले युरिक एसिड नियन्त्रण गर्ने बताइन्छ । धनियाँको पातमा एन्टी अक्सिडेन्ट प्रशस्तमात्रामा पाइन्छ । यसका साथै यसमा एन्टी इन्फ्लेमेटरी गुण पनि पाइन्छ । जुन खुट्टा सुन्निने समस्यालाई कम गर्न प्रभावकारी हुन्छ । युरिक एसिडका बिरामीले धनियाँको पातको सेवन गरेमा मिर्गाैलाको पत्थरी पनि पिसाबको माध्यमबाट शरीरबाट बाहिर निस्किँदा फाइदा हुन्छ ।

यो जति बास्नादार छ यसका फाइदा पनि त्यत्तिकै छन् । हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरूलाई निकै फाइदा हुन्छ । त्यसका लागि चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ । यस्तै, शारीरिकरूपमा कमजोर हुनुभएको छ भने धनियाँको जुस पिउँदा यसले फाइदा गर्छ । त्यसैगरी आँखाका समस्या भएकाहरूलाई पनि हरियो धनियाँको प्रयोग गर्दा फाइदा पुग्छ ।

हरियो धनियाँको प्रयोगले पाचन प्रक्रियामा समेत प्रभाव पार्छ । पेटमा रहेका किटाणुलाई पनि धनियाँले मार्छ । सबैभन्दा महत्वपूर्ण कुरा हरियो धनियाँ खाँदा रगत शुद्ध हुन्छ वा यसले शरीरमा रगतलाई शुद्धीकरण गर्न सहयोग गर्छ ।

यस्तै, धनियाँको पातले युरिक एसिड नियन्त्रण गर्ने बताइन्छ । धनियाँको पातमा एन्टी अक्सिडेन्ट प्रशस्तमात्रामा पाइन्छ । यसका साथै यसमा एन्टी इन्फ्लेमेटरी गुण पनि पाइन्छ जुन खुट्टा सुन्निने समस्यालाई कम गर्न प्रभावकारी हुन्छ । युरिक एसिडका बिरामीले धनियाँको पातको सेवन गरेमा मिर्गाैलाको पत्थरी पनि पिसाबको माध्यमबाट शरीरबाट बाहिर निस्किँदा फाइदा हुन्छ ।

धनियाँले एनिमियाबाट समेत छुट्कारा दिन मद्दत गर्छ । एन्टी अक्सिडेन्ट, भिटामिन ‘ए’, ‘सी’ र केही मिनरलका कारण धनियाँले क्यान्सरबाट समेत बचाउन मद्दत पुर्‍याउने गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?