पाल्पा । कारमा राखेर लागु औषध ओसार पसार गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले शंकाको आधारमा चेक जाँच गर्दा कारसहित तिनाउ गाउँपालिका–३, दोभान झुम्सावाट लागूऔषधसहित दुई युवालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–५, वीरेठाँटीका ३५ वर्षीय संजय मुल्मी र धादिङ जिल्ला तिरपुरा गाउँपालिका–३, मुरचोकका ३७ वर्षीय किरण गजमेर रहेका छन् ।
प्रहरीका अनुसार ग ३ च ५९०१ नम्बरको कारबाट नुफिन ५० एम्पुल, डाइजेपाप ५० एम्पुल, डाइचेपाम ५० एम्पुुल, फेनारगन ५० एम्पुल लागूऔषध बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनामाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच