लचिलो मौद्रिक नीतिका लागि लबिङमा सिएनआई

Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)का नवनिर्वाचित पदाधिकारीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको छ । नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको हो । अध्यक्ष अग्रवालले मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा जानकारी गराउँदैै राजनीतिक दलहरूले आर्थिक मुद्दालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । अर्थतन्त्र सुधारका लागि आर्थिक विषय प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा उहाँको जोड थियो ।

आगामी आर्थिक वर्षमा छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्तिका लागि आगामी मौद्रिक नीति लचिलो हुनुपर्ने अध्यक्ष अग्रवालले बताउनुभयो । सभापति देउवाले अर्थतन्त्रको सुधार तथा निजी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । सो अवसरमा उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा, गोकुल भण्डारी, महानिर्देशक दिपकराज जोशीको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?