काठमाडौं । सनराइज बैंकले पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्म सातवटै प्रदेशमा एक सयवटा वित्तीय साक्षरता कार्यक्रम गरी ‘ग्लोबल मनी विक’ मनाएको छ । देशभरका शाखा र सामाजिक सञ्जालमार्फत् विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी दिवस मनाएको हो ।
कार्यक्रमअन्तर्गत बैंकिङ सेवा, बचत, ऋण, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनुपर्ने सावधानीलगायतका विषयलाई समावेश गरी देशभरिका विभिन्न एक सय स्थानका युवालाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमले युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि, वित्तीय निर्णय गर्ने क्षमता विकास, सानैदेखि बचत गर्ने बानी, बैंकिङ सेवासुविधाको सही उपयोगिता, बैंकिङ विवरण दिँदा हुन सक्ने झमेला र ठगीलगायतका विषयको सचेतनाले उनीहरू र उनीहरूसँग जोडिएका परिवारको आर्थिक समृद्घिमा योगदान पुर्याउने बैंकको विश्वास छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच