उपत्यका निर्माण व्यवसायीको साधारणसभा

Read Time = 3 mins

काठमाडौं । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले रजत जयन्ती मनाएको छ । शुक्रबार रजत जयन्तीका साथै १७ औँ साधारणसभा एवं ९औँ अधिवेशनको उद्घाटन गर्दै निवर्तमान शहरी विकासमन्त्री विक्रम पाण्डेले आफू सदैव निर्माण व्यवसायीको साथमा रहेको भन्दै ठेक्का लिने बेलामा गरिने सम्झौताको अध्ययन गरेरमात्रै निर्माण कार्य सुरु गर्न व्यवसायीलाई सुझाव दिनुभयो ।

संघको नयाँ कार्यका लागि वर्तमान महासचिव शान्तकुमार श्रेष्ठ र कार्यवाहक अध्यक्ष कृष्णप्रसाद गौतम प्यानल चुनावी मैदानमा रहेको छ । गौतमको प्यानलबाट वरिष्ठ उपाध्यक्ष कमला भट्टराई, प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्वितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्चबहादुर तामाङ (विजय), उपमहासचिव (नीतिगत) अर्जुन महर्जन, उपमहासचिव(आन्तरिक) राजन गौतम, कोषाध्यक्ष मनोज श्रेष्ठ र सहकोषाध्यक्ष राजन श्रेष्ठ रहनुभएको छन् । अध्यक्षका प्रतिस्पर्धी गौतमले निर्माण क्षेत्रमा भएका विभिन्न ऐन तथा नीति नियमका कारण निर्माण व्यवसायीको पेशा नै संकटमा रहेको भन्दै समस्या समाधानका लागि व्यवसायीहरूको सुझावअनुसार लागिपर्ने बताउनुभएको छ ।

त्यस्तै, श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्ष कविन्द्र महर्जन, प्रथम उपाध्यक्ष वासु खड्का, द्वितीय उपाध्यक्ष टिकाराम सुवेदी, महासचिव ईश्वराज पन्त, उपमहासचिव कृष्ण केसी, उपमहासचिव एनप्रसाद अधिकारी, कोषाध्यक्ष रमेश महर्जन र सहकोषाध्यक्ष सञ्जीव शाक्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले मूल्यवृद्धिका कारण निर्माण कार्यमा भइरहेको समस्यालगायत साना निर्माण व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अधिवेशनबाट आइतबार नयाँ नेतृत्व चयन हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?