आय आर्जन वृद्धिका लागि मौरीघार वितरण

हिमालय टाइम्स
Read Time = 4 mins

-नवराज शिवाकोटी
दोलखा । पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन आयोजनाद्वारा दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर नौ तथा गौरिशंकर गाउँपालिका वडा नम्बर आठका स्थानीयहरुलाई मौरी घार वितरण गरिएकोछ । स्थानीयहरुको आयआर्जन र रोजगारीमा सहयोग पु¥याउने उद्देश्यले मौरी सहितको घार वितरण गरिएको हो ।

ईविएको “समुदायको जीविकोपार्जन योजना” अन्तर्गत जलवायु संकटासन्न समुदायको जिविकोपार्जन सुधारकालागि चालु आर्थिक वर्षमा दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर नौ को भण्डारेका स्थानीयहरु तथा गौरिशंकर गाउँपालिका वडा नम्बर आठ को छेसाखारेका स्थानीयहरुलाई कुल दुइसय उनान्चास मौरिसहितका घार उपलब्ध गराइएको पारिस्थितीकीय प्रणालीमा आधारित अनुकुलन आयोजना (ईविए क्ष्क्ष् ) का दोलखा जिल्ला संयोजक विनोद थापाले जानकारी दिनुभयो । मौरीपालकहरुलाई मौरीपालन सम्बन्धी आवश्यक तालिम समेत प्रदान गरी मौरीघार वितरण गरिएको संयोजक थापाको भनाई रहेको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर नौ का साठी घरधुरीलाई एकसय उनान्साठी तथा गौरिशंकर गाउँपालिका वडा नम्बर आठ का पैतालिस घरधुरीलाई नब्बे वटा मौरीघार उपलब्ध गराइएको पारिस्थितीकीय प्रणालीमा आधारित अनुकुलन आयोजना (ईविए क्ष्क्ष् ) दोलखाले बताएको छ ।
यसैगरी जिकोपार्जन सुधार कार्यक्रम अन्तर्गत नैं ब्यावसायिक तरकारी खेति गर्न तालिमस सहित कालिञ्चोक गाउँपालिका वडा नम्बर छ का स्थानीयहरुलाई सोह्रवटा तथा पाँचका स्थानीयहरुलाई पन्ध्रबटा प्लास्टिक टनेल वितरण गरिएको इविए दोलखाले बताएको छ । साथै जिरी नगरपालिका वडा नम्बर पाँचमा तेत्तिस वटा तथा शैलुङ गाउँपालिका वडा नम्बर चारमा पचास जना कृषकलाई प्लाष्टिक टनेल उपलब्ध गराइएको छ । यस्तै जिरी नगरपालिका वडा नम्बर पाँचमा अल्लो प्रशोधन सम्बन्धी तालिम सहित अल्लो प्रशोधन गर्ने मेसिन प्रदान गरको आयोजनाले बताएको छ ।

परिस्थितिय प्रणालीमा आधारित अनुकूलन आयोजना अन्तर्गतका कार्यक्रमहरु दोलखा जिल्लाका पाँचवटा स्थानीय तहहरुका ६ वटा वडाहरुमा संचालित रहेको छ । जिल्लाका गौरिशंकर गाउँपालिका को वडा नम्बर आठ, जिरी नगरपालिका वडा नम्बर पाँच, भीमेश्वर नगरपालिका वडा नम्बर नौ, शैलु«ङ गाउँपालिकाको वडा नम्बर चार तथा कालिञ्चोक गाउँपालिका वडा नम्बर पाँच र छ मा संचालनमा रहेको छ । यो कार्यक्रम सन २०१९ देखि संचालन भइरहेको जिल्ला संयोजक विनोद थापा ले बताउनुभयो । कार्यक्रम लागु भएका वडा हरुमा आवश्यकताको आधारमा संरक्षण पोखरी निर्माण, फिल्टरिंग ड्याम, गह्रा सुधार, वर्षाको पानी संकलन, नदी किनार संरक्षण, वन क्षेत्रको पुनस्र्थापना तथा बृक्षरोपण, वन कार्ययोजना निर्माण, जीविकोपार्जन योजना तयारी तथा कार्यन्वयन, लैङ्गीक समानता , सामाजिक समावेशीता, सुसाशन जस्ता क्षेत्रमा काम भइरहेको संयोजक थापाको भनाई रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?