यस्तो छ- आज विदेशी मुद्राको विनिमयदर

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । लगातार तिनदिन देखि घटेको अमेरिकी डलरको भाउ आज २४ पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसा कायम गरिएको छ ।

आज युरोपियन युरो पजि उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो कारोबारको तुलनामा ७० पैसाले बढेको हो । बुधबार युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ६२ पैसा कायम गरिएको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बुधबार १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा तोकिएको छ । यो मूल्य बुधबारको तुलनामा ७२ पैसाले बढेको हो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८८ रुपैयाँ १६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ११ पैसा कायम भएको छ ।

कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ एक पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३५ रुपैयाँ १७ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९३ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५० रुपैयाँ १५ पैसा तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?