धादिङको लपाङखोलाको पुल एक वर्षमै जीर्ण

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । धादिङको लपाङखोलाको पुल संचालनमा आएको एकवर्ष नपुग्दै जीर्ण बनेको छ ।

त्रिपुरासुन्दरी गाउँपालीकाको वडा नम्बर ७ र नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर १ को लापाङ खोला जोड्ने पुल गत बर्षको बर्खामा आएको बाढीले पुलको एकातिरको एप्रोज रोड भत्काइदिएपछि पुल जीर्ण बनेको हो । बाढीका कारण अहिले नेत्रावतिको खनियाबासतर्फ जाने पुलको क्यान्टिलिभर नै भत्किएको छ । पुल जीर्ण भएपछी   सवारी साधनको आवागमन नै रोकिएको छ भने यात्रुलाई हिडडुल गर्न समेत समस्या भएको छ ।

यात्रुहरुकाे आवागमनलाई सहज बनाउन पुलको मुनीको बगरबाटै जोखिपूर्ण ढंगबाट सवारी संचालन गर्न बाध्य भएका छन् भने मानवीय क्षतीको समेत उतिकै जोखिम रहेको छ । उक्त पुलबाट उत्तरी धादिङको रुवीभ्याली, खनीयाँवास, गांगाजमुना र त्रिपुराशुन्दरी गाउँपालीकाका स्थानीय आवतजावत गर्ने गर्दछन् । हिउँदमा जसोतसो खोलाबाटै आवतजावत गरिएपनि वर्षाको समयमा निकै समस्या ल्याउने नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ठाकुर गुरुङले बताउनु भयो । पुलको माथिलो पट्टी निकै ठुलो पहिरो समेत भएकोले वर्षाको समयमा खोलामा आउने बाढी र पहिरोले पुलमा थप क्षती हुने उहाँको भनाई छ ।

वडा अध्यक्ष गुरुङले भन्नुभयो, –‘पुल निर्माण भएको ठाउँको माटो नै कमजोर भएकोले पुलको बेस कमजोर छ, ठेकेदार कम्पनीले अहिले प्लम वाल लगाएर पुलको मर्मत थालेको त छ । तर झारा टार्ने जस्तो काम मात्रै भएको छ, भुगोल अनुसार टिकाउ हुने काम भएको छैन ।’ बाढीले विगारेको पुलको अहिले ठेकेदार कम्पनीले मर्मत सुरु गरेको छ । तर, ठेकेदार कम्पनीको लापरबाहीका कारण पुलमा समस्या आएको स्थानीयको भनाई छ ।

अहिले पुल मर्मतमा खटिएका सुपरभाइजर एलजी मगर भने पुलको एकापट्टीको इन्डिङ प्वाइन्टमा थोरै मात्रै लच्किएको र त्यसमा माटो भरेपछि समस्या नआउने बताउनु भयाे पुलको आडमा चार सय ३१ घनमिटरको प्लम वाल र प्लमदेखि माथिल्लो पट्टीको घुम्तीसम्म नौ सय १० घनमिटरको जाली लगाउने काम सुरु गरिएको उहाँले बताउनु भयाे  ।।

पुलकै कारणले उत्तरी क्षेत्रका स्थानीयलाई आवत जावतमा मात्रै होईन दैनिक उपभोग्य सामान ल्याउन समेत समस्या भएको छ । सरकाले रसुवा कन्ट्रक्सन र जय विष्णु निर्माण सेवालाई सो पुल निर्माणको जिम्मा २०७६ सालमा दिईएको थियोे । ति निर्माण कम्पनीले समय अगावै पुल निर्माणको काम सम्पन्न गरी हस्तान्तरण पनि गरेको थियो । २०७७ सालमा निर्माण सम्पन्न भएको सो पुल रसुवा कन्ट्रक्सन र जय विष्णु निर्माण सेवाले संयुक्त रुपमा करिव पाँच करोड पचास लाखाको लागतमा निर्माण गरेको थियो । पुल ४५ मिटर लम्वाई र छ मिटर चौडाईको रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?