डडेल्धुराका तीन जना कृषक सम्मानित

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । डडेल्धुरा जिल्लाका तीन जना कृषक भिमदत्त उत्कृष्ट कृषकको रुपमा पुरुष्कृत भएका छन् ।

सुदूरपश्चिमका चर्चित क्रान्तिकारी किसान नेता सहिद भिमदत्त पन्तको नामबाट स्थापित उत्कृष्ट कृषक पुरुस्कार पाउनेमा प्रिन्स अवस्थी, प्रसाद अवस्थी र लाल बहादुर डाला रहनुभएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय क्षेत्रीय कृषि निर्देशनालयबाट छनौट भएका उत्कृष्ट कृषकलाई जनही २५ हजार नगद रकम सहित प्रमाणपत्र दिई सार्बजनिक कार्यममा सम्मान गरिएको हो ।

उत्कृष्ट किसानहरुलाई जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारी, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने र निर्देशनालयका प्रमुख गोकुल बोहराले पुरुष्कृत गर्नु भएको थियो ।

कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुखको अध्यक्षतामा सम्पन्न भउको पुरुस्कार बितरण कार्यक्रममा वक्ताहरुले व्यवसायिक रुपमा कृषि गर्ने, रोजगारी प्रदान गर्ने र प्रेरणाका श्रोत बनेका अगुवा किसानहरुलाई प्रदेश सरकारले हौसला स्वरुप सम्मान गरेको र उहाँहरुको परिश्रम तथा लगानीको सुनिश्चिता राज्यले गर्नु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा कृषिको बिकल्प नभउको र अन्नदातालाई सम्मान गर्ने परम्पराको विकास गर्नुका साथै बिदेशिएका युवाहरुलाई स्वदेशमै कृषि गरेर आर्थिक समृद्धि तथा देश विकासमा लाग्ने बाताबरण बनाउने काम राज्यका तिन वटै तहहरु केन्द्रीत हुनु पर्ने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि र सहभागि किसानहरुले राखेका छन् ।

कृषकहरुले प्रदेशका नौ जिल्लामा प्रत्येक जिल्लाबाट तिन जनाको दरले उत्कृष्ट र एक जना सर्बाेत्कृष्ट कृषक छनौट हुने गरेको मन्त्रालयले जनाएको छ ।
पुरुस्कृत भए पछि उत्कृष्ट कृषकहरुले आफूहरुलाई थप हौसला र जिम्मेवारी बढेको प्रतिक्रिया दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?