प्रचण्डसँग गृहमन्त्री खाँडको भेट, के-के भयो छलफल ?

Read Time = 1 min

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग आज भेटवार्ता गर्नुभएको छ ।

ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा सङ्घीय संसद्मा पेस भएको आगामी आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयक, स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारूढ दलको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको जनाइएको छ ।

सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेकामा त्यसबारे पनि छलफल भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?