काठमाडौं । अस्मिता अधिकारी र संगम शेर्मा लिम्बूको स्वरमा रहेको गीत ‘लभ पर्ला जस्तो छ’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको शब्द/संगीत, दिवेश राईको एरेञ्ज र किशोर थापाको मिक्सङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दिनेश माङ्मु लिम्बूको निर्देशन रहेको गीतको भिडियोमा नायिका प्रियंका कार्की र नायक नाजिर हुसेनको अभिनय छ । रोमान्टिक शैलीमा निर्माण गरिएको गीतले एक प्रेमील जोडीको प्रेम कथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
राजीव समरको कोरियोग्राफी रहेको गीतको सम्पादन र कलर अनिल राना, छायांकन अर्जुन तिवारीले गर्नुभएको छ । भिडियो नेपाल मिडिया ग्रुपको लाइन एप्सका माध्यमबाट सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच