पहिरोले बेँसीशहर-चामे सडक अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

लमजुङ ।  बुधबार दिउँसोदेखि परेको वर्षाका कारण बेँसीसहर-चामे सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका-६ खरखरे भिर, मर्स्याङ्दी गाउँपालिकाको सिम्पानी आँगेलगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले बताउनुभयाे।

खरखरेमा सडक भासिनुको साथै सडकमाथिबाट ठूला-ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको हाे ।

यस्तै यस सडकखण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भइरहेको स्थानीयबासीको भनाइ छ । यी स्थानको अवरुद्ध सडक खुलाउनका लागि स्काभेटर प्रयोग भइरहेको इञ्जीनियर अधिकारीको भनाइ छ ।

यस सडकमा बर्सेनि पहिराले पटक-पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?