राजस्थानसँग हैदराबाद ७२ रनले पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । आज भएको पहिलो खेलमा राजस्थानले हैदराबादलाई ७२ रनले पराजित गरेको हो ।

राजस्थानले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायो । उसका लागि अब्दुल समादले नटआउट ३२ र मयंक अग्रवालले २७ रन बनाए । राजस्थानका युजवेन्द्र चहलले ४ र ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यसअघि हैदराबादमा टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि सन्जु सामसनले ५५ तथा यशस्वी जयसवाल र जस बटलरले ५४/५४ रन बनाए । हैदरावादका थंगरसु नटराजन र फजलहक फरुकीले २/२ विकेट लिए ।

यो जितसँगै राजस्थान २ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजय भोगेको हैदराबाद तालिकाको पुछारमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?