बस दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत

हिमालय टाइम्स
Read Time = 2 mins

बुटवल । रुपन्देहीमा भएको यात्रुबाहक बस दुर्घटनाका नौ मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु भएका तिलोत्तमा नगरपालिका-८ की ३६ वर्षीया तुलसी बस्यालको पहिचान खुलेसँगै ६ जनाको सनाखत भएको हो ।

दुर्घटनामा परि अन्य मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका-४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका-२ का ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपमहानगरपालिका-११ कालिका नगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, रौतहट चन्द्रनिगाहापुरका २० वर्षीय दिनेश दास र भारत जनकपुर ग्रामका ४० वर्षीय अरविन्द शर्मा रहनुभएको छ । अन्य तीन जनाको पहिचान खुल्न बाँकी रहेको छ ।

दुर्घटनामा अन्य २४ जना घाइते भएका छन्। ती मध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइतेमध्ये नौ जनाको भैरहवास्थित भीम अस्पताल र १५ जनाको युनिभर्सल शिक्षण अस्पताल उपचार भइरहेको छ।

बसमा चालकसहित ३३ जना सवार रहेका थिए। जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको रात्रिकालीन बस आज बिहान पौने ५ बजे भैरहवा परासी हुलाकी राजमार्गस्थित रोहिणी खोलाको पुलबाट तल खसेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?