प्रथम ऐतिहासिक मगराँत राष्ट्रिय राजनीतिक सम्मेलन सम्पन्न

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

काठमाडौं । काठमाडौँको राष्ट्रिय नाचघर जमलमा प्रथम ऐतिहासिक मगराँत राष्ट्रिय राजनीतिक सम्मेलन सम्पन्न भएको छ ।

मगराँत संघर्स समितिका संयोजक राम मगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका सभापति राम मगरले कार्यक्रमको बारेमा प्रष्ट्याउने क्रममा आज ऐतिहासिक दिन र स्वभाविक रुपले परिस्थिति अनुसार जहिले पनि मुलुकको निम्ति मगरहरु उठेको र परिस्थिति फेरि त्यस्तै भएको अवस्थामा मगरहरु फेरि पनि उठ्नु भन्दा अरु विकल्प नरहेको भन्दै मगराँत राष्ट्रिय राजनीतिक सम्मेलन गरिएको जानकारी दिनुभयो ।

साथै नेपालको अहिलेको यो दयनिय हालत र २०७२ सालको संविधानले पनि बास्तबमै नेपाली जनताको भावनालाई समेट्न नसकेको कुरामा बक्ताले दुःख पोखे । नयाँ नेपाल जन्माउँदा सबैभन्दा ठूलो बलिदान र निर्मम पिडा मगरहरुले भोगेको र मगराँत भन्ने एतिहासिक माटोको जगमै टेकेर नयाँ नेपालको जन्म भएको पनि जानकारी दियाे । तर अहिले यो १० बर्षे जनयुद्द, सात सालको क्रान्ति, २०४६ सालको आन्दोलन पछि पनि नेपालीले सुख नपाएको भन्दै अब आफ्नो अस्तित्व र पहिचानको रक्षाको लागि मगरात सभ्यताको जगमा टेकेर अगाडि बड्नुको बिकल्पसंगै विभित जाती, धर्म, संकार, संकृति सबैको भावनालाई एकीकरण गर्ने र नेपालको माटो र भुमीलाई बचाउन र आफ्नो हक अधिकार सुनिस्चितता एवं राज्यको बिकास गर्ने उद्देश्यले मगराँत राष्ट्रिय राजनीतिक सम्मेलन गरेको राम मगरले बताउनु भयो ।

डा.गोविन्द थापा मगर प्रमुख अतिथि भएको कार्यक्रममा मगरातको राजनितिक घोषण पत्र सार्बजानिक गर्दै मगराँत केन्द्रिय संघर्ष समिति पनि निर्माण गरियो छ। जसमा राम मगरको अध्यक्षतामा ४० जना सदस्य टोलिको केन्द्रिय समिति निर्माण गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?