महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ । अर्थतन्त्रमा निजी क्षेत्रको भूूमिका थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुुझाव लिने उद्देश्यले महासंघले विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्व संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरेको हो ।

समूहमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल, आयोगका पूर्वसदस्य डा. गणेश गुरुङ, पूर्वसचिव पुरुषोत्तम ओझा र शिशिर ढुंगाना, अर्थविद्हरू केशव आचार्य र डा. कल्पना खनाल रहेका छन् ।

विज्ञ समूहको पहिलो बैठक मंगलबार महासंघको सचिवालयमा बसेको थियो । विज्ञ समूह गठनबाट महासंघका सल्लाह सुुझाव प्रभावकारीरूपमा सरकारमा पेश गर्न थप सहयोग पुुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गर्नुभएको छ । पहिलो बैठकमा वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्द्रीय बैंक र सरकारले निजी क्षेत्रको विश्वास बढाउनुुपर्नेमा जोड दिइएको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?