ललितपुर महानगरपालिका १६ मा निर्मल रत्न शाक्य निर्वाचित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ । उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्मल रत्न शाक्यनै फेरि निर्वाचित हुनुभएको हो ।

शाक्य दुई हजार ३७३ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार सुप्रभा शाक्यले एक हजार ६३८ मत प्राप्त गर्नुभएको थियो ।

२०७४ सालको स्थानीय निर्वाचनमा पनि यस वडामा निर्मल रत्न शाक्य नै निर्वाचित हुनुभएको थियो ।

खुल्ला वडा सदस्यमा पनि पञ्चबज्र बज्राचार्य र मदन महर्जन निर्वाचित हुनुभयो । बज्राचार्यले दुई हजार ५६१ र महर्जनले दुई हजार २२ मत प्राप्त गर्नुभएको छ । यस्तै महिला वडा सदस्यमा दुई हजार ६६ मतसहित बबिता श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विभिन्न जिल्लामा लागूऔषधसहित ३५ जना पक्राउ नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : डा. शशांक कोईराला प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान देउवाको आलोचना होइन, आत्मसमीक्षा गर्न कांग्रेस नेता खड्काको आग्रह ललितपुर महानगरद्वारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन मकवानपुरमा एक वर्षमा ३१ जना एचआईभी संक्रमित थपिए लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)