ललितपुर महानगरपालिका १६ मा निर्मल रत्न शाक्य निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ । उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्मल रत्न शाक्यनै फेरि निर्वाचित हुनुभएको हो ।

शाक्य दुई हजार ३७३ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार सुप्रभा शाक्यले एक हजार ६३८ मत प्राप्त गर्नुभएको थियो ।

२०७४ सालको स्थानीय निर्वाचनमा पनि यस वडामा निर्मल रत्न शाक्य नै निर्वाचित हुनुभएको थियो ।

खुल्ला वडा सदस्यमा पनि पञ्चबज्र बज्राचार्य र मदन महर्जन निर्वाचित हुनुभयो । बज्राचार्यले दुई हजार ५६१ र महर्जनले दुई हजार २२ मत प्राप्त गर्नुभएको छ । यस्तै महिला वडा सदस्यमा दुई हजार ६६ मतसहित बबिता श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?