प्रधानमन्त्रीको आसन्न विदेश भ्रमण सफल बनाउन राजनीतिक तहमा सहमति छ : परराष्ट्रमन्त्री

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्रीको आसन्न अमेरिका र चीन भ्रमण सफल बनाउन सबै राजनीतिक तह तप्कामा सहमति भएको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आईतवार आसन्न विदेश भ्रमणबारे सुझाव लिन बोलाउनुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले युनाइटेड नेसन्स र चीन भ्रमणका सम्बन्धमा पनि भ्रमणका बेला गर्नुपर्ने तयारी, राख्नुपर्ने प्रश्ताव, अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा सुझाव र सल्लाह प्रधानमन्त्रीले लिनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज सम्माननीय प्रधानमन्त्रीज्युको भ्रमणबारे पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रतिनिधि, पूर्वपरराष्ट्रमन्त्रीज्युहरुलाई बेलाएर आसन्न चीन भ्रमणको बारेमा छलफल भएको छ । युनाइटेड नेसन्स र चीन भ्रमणका सम्बन्धमा पनि भ्रमणका बेला गर्नुपर्ने तयारी, राख्नुपर्ने प्रश्ताव, अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा सुझाव र सल्लाह दिनुभएको छ । सम्बोधनमा प्रधानमन्त्रीज्युले आमन्त्रित सबैलाई धन्यवाद दिँदै उहाँहरुले दिनुभएको सल्लाह र सुझावलाई महत्वपूर्ण रुपमा लिएको र आसन्न भ्रमणलाई सफल बनाउन सबै राजनीतिक तह तप्कामा सहमति भएको सन्देश दिनुभएको छ ।’

मन्त्री साउदले प्रधानमन्त्रीले सल्लाह र सुझाव लिइसकेपछि राजनीतिक दलका प्रतिनिधि र परराष्ट्रविद्हरुलाई भ्रमणबारे सुझाव दिएकोमा धन्यवाद दिनुभएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?