सत्यतथ्य समाचार सम्प्रेषण गर्न तिलोत्तमा नगरपालिकाका उपप्रमुख चौधरीको आग्रह

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले सत्यतथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्न पत्रकारहरुसँग आग्रह गर्नुभएको छ ।

तिलोत्तमा नगरपालिकाको सहकार्यमा सञ्चारिका समूह रुपन्देहीले आज शंकरपुरमा आयोजना गरेको खोजमूलक समाचार लेखन तालिमको शुभारम्भ गर्दै उहाँले पछिल्लो समय खोजमूलक समाचार कम आउन थालेकाले यसतर्फ सक्रियता बढाउन अनुरोध गर्नुभयो ।

“महिला पत्रकारको पनि सञ्चारमा सक्रिय सहभागिता छ अझै खोजमूलक समाचार लेखनलाई अघि बढाउनुपर्छ, तपाईंहरुको क्षमता बढाउन साथ दिनका लागि नगरपालिका तयार छ ।”, उहाँले भन्नुभयो ।

गलत र भ्रामक समाचारलाई मिडियामा स्थान नदिन आग्रह गर्दै उहाँले यसले पत्रकारकै प्रतिष्ठा घट्ने धारणा राख्नुभयो । पत्रकारले राजनीतिक पूर्वाग्रह राखेर समाचार लेख्न नहुने उहाँको भनाइ थियो ।

कार्यक्रममा तालिमका प्रशिक्षक तथा सञ्चारिका समूह रुपन्देहीका सल्लाहकार अमृता अनमोलले स्थानीय सरकारले गरेका असल अभ्यासहरुलाई मिडियामार्फत जनतामाझ लैजान जरुरी रहेको बताउनुभयो । त्यसका लागि स्थानीय तहले पत्रकार सम्बद्ध सस्थासँग समन्वय गर्नुपर्ने धारणा राख्नुभयो ।

सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमले पत्रकार महिलाहरुको पेशागत दक्षता बढाउन नगरपालिकासँगको सहकार्यमा तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले सञ्चार संस्थामा पत्रकार महिलाहरुको संख्या कम भएकाले उनीहरुलाई पेशामा टिकाउन र सक्षम बनाउन यस्ता खालका तालिम सहयोगी हुने उल्लेख गर्नुभयो ।

प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले पत्रकारहरुको क्षमता बढाउन र आफ्ना राम्रा कामको प्रचार गर्न सबै स्थानीय तहले यस्ता तालिम तथा छलफल आयोजना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपाने, सञ्चारिका समूह रुपन्देहीका उपाध्यक्ष मिना ढकाल, महासचिव अस्मिना पाण्डे, क्रियाशिल पत्रकार महिला समूहका सचिव विन्दु भट्टराईलगायतले बोल्दै पत्रकार महिलालाई मिडियामा टिकाउन र लेखन क्षमता बढाउन तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार महिलाहरुका लागि आयोजना गरिएको खोजमूलक समाचार लेखन तालिममा प्रशिक्षक अनमोल र तिलोत्तमा मिडिया क्लबका अध्यक्ष बिपी गौतमले प्रशिक्षण दिनुभएको थियो । तालिममा ३० जना पत्रकार महिलाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?