जोनसनलाई विश्वासको मत प्राप्त

हिमालय टाइम्स
Read Time = 1 min

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत प्राप्त भएको छ । पार्टी गेट काण्डका कारण समस्यामा पर्नु भएका प्रधानमन्त्री आफ्नै पार्टीको संसदीय दलमा अविश्वासको प्रस्तावको सामना गर्नु भएको हो । विश्वासको मत पाएपछि उहाँको पद जोगिएको छ ।

कन्जरभेटिभ पार्टीको संसदीय दलमा भएको विश्वासको मतदानमा कन्जरभेटिभका कुल ३५९ सांसदमध्ये जोनसनको पक्षमा २११ मत परेको थियो भने उहाँको विपक्षमा १४८ मत परेको थियो ।

यो जितपछि जोनसन अब कम्तीमा एक वर्ष प्रधानमन्त्री पदमा रहनुहुनेछ । पार्टी र सरकारमा बढ्दो विरोधका कारण जोनसनको पद जाने आशंकाबीच २११ सांसदले उहाँमाथि विश्वास देखाएको एजेन्सीले जनाएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?