कालीकोट जीप दुर्घटनाका चालक प्रहरी नियन्त्रणमा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालिकोट । कालीकोटको रास्कोट नगरपालिका-२ सराचौरमा बिहीबार बिहान भएको जीप दुर्घटनाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेतको वराहताल गाउँपालिका-९ घर भएका जीप चालक २१ वर्षीया विनोद दर्लामी मगरलाई रास्कोट इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार जीप हिजो बिहान करीब ७ बजेतिर ग ३ च ४६१० नम्बरको डबल क्याप जीपलाई न्युटल अबस्थामा स्टार्टमा राखेर जीप चालक मगर जुत्ता लगाउँन गएका बेला जीप पछाडि गुडेर दुर्घटना भएको थियो ।

जीप धनी देवनाराण योगीले दुर्घटना के कसरी भयो भन्ने बारे आफू जानकार नभएको बताउनुभयाे ।

जीप सडकबाट ३ सय मिटर तल खस्दा रास्कोट नगरपालिका-१ का ४३ वर्षीय मनबहादुर शाही र उहाँकी श्रीमती ३६ वर्षीय मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्ष (डिएसपी) जयश्वर रिमालले जानकारी दिनुभयो ।

दुर्घटनामा २२ वर्षीय रिता सिंह (शाही) गम्भीर घाइते हुँनुभएको थियो । उहाँलाई घटना भएको तीन घण्टा पछि हेलिकोप्टरबाट उद्दार गरी थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको छ ।

घटना रहस्यमय भएको भन्दै गहिरो अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?