अन्तराष्ट्रिय योग दिवसको अवसरमा बुटवलमा योग अभ्यास

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । अन्तराष्ट्रिय योग दिवसको अवसरमा जिल्ला स्तरिय योग समारोह समितिको आयोजानमा बुटवलमा योग अभ्यास गरिएको छ ।
रुपन्देही जिल्लास्थिति विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, योग क्षेत्रका क्रियाशिल संघ संस्था तथा नेपाल प्रहरीको सहभागीतामा बुटवलमा योग अभ्यास गरिएको हो ।

प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला स्तरिय समारोह समितिका संयोजक समेत रहनुभएका रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले योगले मानिसको स्वाथ्य जीवनका लागि ठुलो प्रभाव पार्ने बताउनु भयो ।

उहाँले बदलिँदो जीवन शैलीको कारण मानिसको स्वाथ्यमा आउने विभिन्नस असरलाई समयमा नै निराकरण गर्नको लागि योगको महत्पूर्ण भूमिका रहने बताउनु भयो । उहाँले भन्नु भयो- ‘स्वच्छ जीवनशैलीका लागि निरन्तर योग र साधाना चाहिन्छ, यसमा सबैजनाले मनन र आत्मसाथ गरेर जानु अहिलेको आवश्यकता हो ।’

लुम्बिनी आर्युर्वेद चिकित्सालय बुटवल, स्वास्थ्य कार्यालय रुपन्देही, पतञ्जली योग समिति लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला र बुटवल समितिको सहकार्यमा आयोजना गरिएको योग अभ्यासमा विभिन्न योग प्रशिक्षकहरुले मानिसको स्वाथ्य के कसरी स्वाथ्य बनाउने भन्ने विषयमा विभिन्न चरणका योग अभ्यास गराएका थिए ।

समारोहमा बोल्दै लुम्बिनी प्रदेश आर्यर्वेद चिकित्सालय बुटवलका प्रमुख डा. प्रवेश श्रीवास्तवले अहिले नेपालमा नियमित योगगर्ने मानिसहरुको जम्मा २ प्रतिशत रहेको बताउँदै ती मानिसमा निरोगीताको मात्रा अधिकतम रहेको बताउनु भयो । उहाँले नियमित योगगर्ने व्याक्ति जहिले पनि जाँगरिलो, स्वाथ्य, स्फुर्त र सदैव सकारात्मक चिन्तन राख्ने प्रकृतिको हुने भन्दै सोही अनुसार अन्य व्याक्तिहरुले पनि नियमित योग अभ्यास गर्नका लागि आग्रह गर्नु भएको थियो ।

‘मानवताका लागि योग’ भन्ने मुल नाराका साथ आयोजना गरिएको योग अभ्यास कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विनोद घिमिरे, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धुब्र बहादुर कुँवर, प्रहरी नायव उपरिक्षक राजु पाण्डे, स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल, ससस्त्र प्रहरीका निरिक्षक योग बहादुर थापा, राष्ट्रिय आयुर्वेद एशोसीयसन नेपालका बरिष्ठ उपाध्यक्ष शालिकराम भुषाल, पतञ्जली योग समितिका राष्ट्रिय उपाध्यक्ष प्रकाश पाण्डे, लुम्बिनी प्रदेश सचिव लक्ष्मण ज्ञवाली, रुपन्देही जिल्ला संरक्षक ईन्द्रलक्ष्मी भण्डारी, अध्यक्ष बसन्त गैह्रे, अध्यायगमन कार्यालय बेलहिया प्रमुख मित्रा अर्याल, सरस्वती बस्याललगायतको सहभागीता रहेको कार्यक्रमको संञ्चालन लुम्बिनी आयुर्वेद चिकित्सालयका बरिष्ठ कबिराज नरहरी अर्यालले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?