प्रतापदास र सरिताको गीतमा कर्णालीको सुन्दरता

Read Time = 2 mins

काठमाडौं । कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ आधुनिक गीत ‘तिम्रो मायाले न हो...’ को भिडियो सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा गायक प्रताप दाश र गायिका सरिता भारतीको स्वरमा छ । गीतको छायांकन मुगुको रारा, आछाम र जुम्लाका विभिन्न स्थानमा गरिएको छ । छायांकार दिव्यराज सुवेदीले कर्णालीको सुन्दरतालाई निकै आकर्षकसँग भिडियोमा उतार्नुभएको छ ।

देवल भण्डारीले लेखेको यो गीतलाई एलिश कार्कीले संगीत गर्नुभएको हो । चलचित्रका लागि भनिएको यो गीतलाई विलक्षण क्रियसनले बजारमा ल्याएको हो । गीतमा संगीत संयोजन शैलेन्द्र एम श्रेष्ठ (बाबु) ले गर्नुभएको हो । जसमा जुगल डंगोलको मिक्सिङ र मास्टरिङ रहेको छ ।

यो गीतको भिडियोमा अभिनेता यसराज गराच र गायिका सरिता भारतीले अभिनय गर्नुभएको छ । कर्णाली प्रदेश प्राकृतिक रुपमा अत्यन्त सुन्दर रहेकाले त्यहाँको पर्यटन प्रवद्र्धन गर्न यो भिडियोको छायांकन मुगु, अक्षाम र जुम्लामा गरिएको भिडियोका निर्देशक डब्बु क्षत्रीले बताउनुभयो । यो भिडियोमा सुवास बुढाथोकीको नृत्य निर्देशन छ । भिडियोमा वीरेन्द्र भाट विपिनको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?