मेयरका बडिगार्डले चलाए वडाध्यक्षमाथि धारिलो हतियार

Read Time = 3 mins

-बाबुराम श्रेष्ठ

धादिङ । निलकण्ठ नगरपालिका धादिङका मेयर भीम ढुंगानाका बडिगार्ड दिनेश थापा मगरले वडा अध्यक्षमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् ।

शुक्रबार दिउँसो २ बजे कार्यालयमा काम गरिरहेको समयमा मेयर ढुंगानाको सुरक्षामा खटिँदै आएका दिनेशले निलकण्ठ नगरपालिका ५ खाल्टेका वडा अध्यक्ष हरि कुमार श्रेष्ठलाई धारिलो हतियार प्रहार गरेका हुन् ।

घाइते श्रेष्ठलाई धादिङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं पठाईएको छ ।

श्रेष्ठ नीलकण्ठ नगरपालिका वडा नं ३ विचबजारमा कन्सलटेन्सी व्यवसाय सञ्चालन गर्दै आएका थिए । कार्यालयमा काम गरिरहेको अवस्थामा नीलकण्ठ नगरपालिका वडा नं ११ स्थायी घर भइ मेयर ढुङ्गानाको सुरक्षा गार्डकोे रुपमा कार्यरत थापा मगरले एक्कासी धारिलो हतियार प्रहार गरेको धादिङ प्रहरीले जनाएको छ ।

फरार मगरको खोजिकार्य भइरहेको धादिङ प्रहरीले जनाएको छ । नेकपा (माओवादी केन्द्र) धादिङ र वाईसीएल नीलकण्ठले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै नीलकण्ठ नगर कमिटी सदस्य एवं योङ कम्युनिष्ट लिग नेपाल नीलकण्ठ नगरपालिका वडा नं ५ को अध्यक्ष हरिकुमार श्रेष्ठ माथि भएको आक्रमणको भत्सर्ना गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, नीलकण्ठ नगरप्रमुख भीम प्रसाद ढुङ्गानाको सुरक्षा गार्ड दिनेश थापा मगरले एक्कासी धारिलो हतियार प्रयोग गरेर कार्यकर्ता श्रेष्ठलाई आक्रमण गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति, धादिङ खेद प्रकट गर्दछ ।

विज्ञप्ति मार्फत घटनामा संलग्न नीज दिनेश थापा मगरलाई कानुनी कारबाहीको दायरामा ल्याउन सुरक्षा निकायसँग माग गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?