संसदमा बोल्न नदिए पार्टी भित्र बिद्रोह गर्छु : सुनिल शर्मा

file photo

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद सुनिल शर्माले आफूलाई संसदमा बोल्न नदिए पार्टी भित्रै बिद्रोह गर्ने चेतावनी दिनुभएको छ ।

सांसद शर्माले पार्टी संसदीय दलको बैठकमा आफूले संसदमा बोल्न नपाए बिद्रोह गर्ने धारणा राखेको जानकारी गराउनुभएको हो ।

आईतवार बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीमाझ उहाँले यस अघि पनि पार्टीका प्रमुख सचेतक रमेश लेखकले बोल्न नदिएपछि आफूले बिद्रोहीको रुपमा संसदमा बोल्नुपरेको खुलासा समेत गर्नुभयो ।

सांसद शर्माले सरकारलाई आतंककारीको संज्ञा दिँदै यसलाई छिटो भन्दा छिटो हटाउने प्रयासमा आफू लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको आज संसदीय दलको मिटिङ थियो । मैले चाँही म एरेष्ट भएको विषयमा पार्टीका नेताहरुलाई ब्रिफिङ गरेँ । र, अर्को कुरा चाँही मैले मेरो पार्टी, नेपाली काँग्रेस पार्टीका सबै सभासदहरुले मलाई दुःखको समयमा गर्नुभएको साथ, सहयोगप्रति चाहीँ मैले धन्यवाद ज्ञापन गरेँ । र, मैले आफ्नो कुराहरु निर्धक्कका साथ राखेँ । मैले मेरो स्ट्याण्डलाई कायमै राखेँ । र, मैले के भनेको छु भने–सचेतकज्युले लास्ट टाईम पनि बोल्न नदिएको कारणले त्यो दुर्घटना भएको हो । र, मलाई सचेतकज्युले बोल्न दिनुभएन भोलि भने म त्यहाँ भित्र पनि बिद्रोह गर्छु भनेको छु मैले । संसदीय दलमा मैले यो कुरा राखेको छु । बिद्रोह गर्न पाइँदैन भन्ने कुरा पनि आएको छ । तर मैले भनेको छु–तपाइँहरुले मलाई कारबाही नगर्नुहोला । मेरो नेताहरुलाई मैले आग्रह गरेँ । मैले चाहीँ मलाई बोल्न दिइएन, प्रतिवन्ध लगाइयो । मुख थुनियो भने म बोल्छु । मेरा कुराहरु म निर्वाध रुपमा राख्छु मैले भनेँ । अहिलेको कुरा त्यही हो । भोली त्यो कुरा राखिन्छ । म जुन बेला एरेष्ट भए नि । आतंककारी हिसावले म त यो सरकारलाई आतंककारी भन्छु । मैले संसदीय दलमा पनि त्यही सम्बोधन गरेको छु । यो सरकार आतंकारी हो । हामी पनि सरकारमा छौं । तर, सरकारमा भएको फिल मलाई भएको छैन भनेर पनि मैले बैठकमा भनेको छु । यो बाहिर पनि भन्छु म । यो आतंककारी सरकारले मलाई बिना पक्राउ पूर्जी एरेष्ट ग¥यो । र, घण्टौ मैले झगडा गरेपछि पूँर्जी इस्यु गरियो । र, थुनामा राख्ने पूर्जी भोलिपल्ट मात्रै दिइयो । जुन आफैँमा गैरकानूनी छ । र, एउटा इस्युमा मलाई तेस्रो पटक पक्रियो । जुन आफैँमा गैरकानूनी छ । त्यसकारण यो आतंककारी सरकारलाई सकेसम्म चाँडो बिदा गर्नुपर्छ भन्ने हो हाम्रो । मैले के कुरा राखेभने त्यहाँ अर्थमन्त्रीजीले पनि आफ्नो कुरा राख्नुभयो । अर्थमन्त्रीजीहरु आफ्नो कुरा राखेपछि हिँड्नु भयो । मैले भनेको छु–जनताले हामीलाई कुरीकुरी गर्ने अवस्था छ कि छैन ?’

सांसद शर्माले आफूलाई सरकारले गैरकानूनी ढंगले थुनेकाले त्यसको बिरोधमा उत्रनुपर्ने अवस्था आएको पनि दोहो¥याउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?