ढल विस्तार गर्दा पुरिएका दुईमध्ये एकको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । भक्तपुरको बालकोटमा नयाँ ढल बिस्तारको क्रममा पुरिएका दुई जनामध्ये एकजनाको मृत्यु भएको छ । पुरिएका दुईमध्ये बर्ष २२ को नितेश सदाको मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

ढलको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका उनीहरू ढलमा पुरिएका थिए । जिल्लाको सूर्यबिनायक नगरपालिका वडा नम्बर २ बालकोटको रागीनी हाइटमा काम गरिरहेका उनीहरू पुरिएका हुन् । कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको वस्तीमा काम भइरहेको हो ।

उनीहरुमध्ये सुनसरी गढी गाउपालिका-२ घर भई हाल भक्तपुर बालकोट वस्ने ३०वर्षीय सियाराम सदालाई साढे पाँंच बजे उद्धार गरी उपचारको लागि नजिकैको भक्तपुर इन्टरनेशनल अस्पताल लगेको उहाँले बताउनुभयाे । उनी बोल्न सक्ने अवस्थामा रहेको उहाँकाे भनाइ छ ।

सोही स्थानमा घर भई हाल बालकोटमै वस्ने  रितेशको ६ बजे मृत्यु भएको हो । उनलाई अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको एसपी केसीले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?