बालकोटमा दुई जना ढलमा पुरिए

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भक्तपुरस्थित बालकोटमा दुई जना ढलमा पुरिएका छन् ।

ढलमा पुरिएर दुई जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उनीहरूको उद्धारकार्य जारी रहेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिनुभयो ।

ढलमा कसरी पुरिएका थिए दुई कर्मचारी

भक्तपुरको बालकोटमा नयाँ ढल विस्तारको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका दुई जना कामदार पुरिएका छन् । सूर्यबिनायक नगरपालिका वडा नम्बर २ बालकोटको रागीनी हाइटमा कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको बस्तीमा काम भइरहँंदा उनीहरू पुरिएको प्रहरीले जनाएको छ ।

साँंझ चार बजेपछि भएको घटनामा परेका उनीहरूको उद्धार कार्य जारी रहेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाउनुभयाे । उनीहरूमध्ये सुनसरी गढी गाउपालिका-२ घर भई हाल भक्तपुर बालकोट बस्ने ३० वर्षीय सियाराम सदालाईको साढे पाँंच बजे उद्धार गरी उपचारको लागि नजिकैको भक्तपुर इन्टरनेशनल अस्पताल लगेको उहाँले बताउनुभयाे । उनी बोल्न सक्ने अवस्थामा रहेको उहाँकाे भनाइ छ । सोही स्थानमा घर भई हाल बालकोटमै बस्ने वर्ष २२ को नितेश सदाको उद्धार कार्य जारी रहेको एसपी केसीकाे भनाइ छ ।

निजहरूलाई काममा लगाउने सुनसरी गढी गाउपालिका-२ घर भई हाल भक्तपुर बालकोटमा रिङ कारखाना संचालन गरी बस्ने ४६ वर्षीय रामदेव यादब एकासी बेहोस भई तत्काल एम्बुलेन्समा राखी भक्तपुर इन्टरनेशनल अस्पताल पठाइएको जनाइएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । उनी सुगर प्रेशरको रोगी भएको पनि जनाइएको छ ।

खवर प्राप्त हुनासाथ प्रहरी हवल्दार प्रमिला कार्कीको टोली घटनास्थलमा खटिई गएको जनाएको छ । साथै वृत्त ठिमीबाट प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठको कमाण्डमा १८ जनाको टोली खटिई उपलब्ध श्रोत साधनसमेतको सहयोगमा उद्धार कार्य जारी रहेको जनाइएको छ । घटनास्थल वृत्त ठिमीबाट ४ किलोमिटर।दक्षिण पश्चिममा पर्छ । घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?