वैदेशिक रोजगारसम्बन्धी ‘उज्वल सपना’ एप

Read Time = 1 min

काठमाडौ । इशारा नेपालले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि उज्वल सपना नामक एप ल्याएको छ । उज्वल सपना एपले वैदेशिक रोजगारमा जाने प्रक्रियाका सबै चरण सहज तथा व्यवस्थित गर्ने इशाराले दाबी गरेको छ ।

वैदेशिक रोजगारमा जान चाहनेले एपमार्फत् वैदेशिक रोजगारमा काम खोज्न र आवेदन दिन सक्नेछन् भने राम्रा अवसर कसरी खोज्ने र शोषण तथा अनौपचारिक दलालको ठगीबाट कसरी बच्ने विषयमा सेवा प्रदायक तथा अन्य कामदारले प्रदान गर्ने उपयोगी जानकारीसमेत प्राप्त गर्न सक्ने बताइएको छ ।

जिम्मेवार म्यानपावर कम्पनी र रोजगारदाताले उज्वल सपना एपमा विभिन्न रोजगारीका विज्ञापनका साथै वैदेशिक रोजगारमा जाने प्रक्रियाका सबै चरण व्यवस्थापन गर्ने इशाराले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?