चितवनमा पनि सिट्रोनको शोरुम

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालस्थित सिट्रोन गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिले चितवनमा नयाँ शोरुम विस्तार गरेको छ । चितवनको भरतपुर-१०, रिजाल चोकमा खोलिएको शोरुम ओजोन मोटर्स कम्पनी रहेको छ । शोरुममा सिट्रोन इसिथ्री र सिट्रोन सिथ्री मोडल उपलब्ध हुनेछन् । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, सिसिआइसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारी र सिट्रोनका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच शोरुम उद्घाटन गरेका थिए । सिट्रोन इसी थ्रीमा २९.२ केडबल्युएच ब्याट्री रहेको छ । लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ भने सिट्रोन इभीको ब्याट्रीको आयु डिसी फास्ट चार्जरबाट गर्दा पनि धेरै समयसम्म टिक्ने कम्पनीको दाबी छ । कारमा सात वर्ष वा एक लाख ४० हजार किलोमिटरको ब्याट्री प्याकको वारेन्टी र विद्युतीय मोटरमा पाँच वर्ष वा एक लाख किलोमिटरको वारेन्टी रहेको छ ।

कम्पनीले दशैँ र तिहारका अवसरमा प्रमोसनल स्किम पनि ल्याएको छ । स्किमअन्तर्गत ग्राहकले आकर्षक छुट, निःशुल्क सडक कर र एक वर्षभरिका लागि निःशुल्क बिमालगायतका लाभ लिन सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?