सवारी साधनको ठक्करवाट एक पुरुषको मृत्यु

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ वाँके जंगलमा पुर्व पश्चिम राजमार्गमा घाईते अवथामा रहेका एक व्यक्तिको मृत्यु भएको छ ।

उनलाई गयराती सवारी साधनले ठक्कर दिँदा गम्भिर घाईते भएको र स्थानियले देख्ने बित्तिकै प्रहरीलाई खवर गरेकाे इलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ ।

ठक्कर दिने सवारीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । सवारीको ठक्कर वाट अन्दाजी ६० बर्षको पुरुष ब्यक्तिको टाउको, निधारमा चाेट, दाहिने खुट्टा भाँचिएको र बायाँ खुट्टाको पैताल किचिएको अवस्थामा प्रहरीले फेला पारेको सर्लाही प्रहरीले जनाएको छ ।

घाईते अवस्थामा भेटिएका नाम, थर, वतन नखुलेका व्यक्तिको उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएकोमा प्रादेशिक अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

हाल निज मृतकको शव नाम,थर, वतन नखुलेको हुँदा प्रादेशिक अस्पताल मलंगवा राखिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?