चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य नौ करोड ८४ लाख

Read Time = 1 min

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का सदस्यहरू नौ करोड ८४ लाख पुगेका छन् । सन् २०२२ को अन्त्यसम्ममा पार्टीका सदस्यहरू करिब १० करोडको हाराहारीमा पुगेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको संगठन विभागले शुक्रबार गरेको घोषणाअनुसार यसका सदस्य नौ करोड ८४ लाख पुगेको उल्लेख छ ।

जुलाई १ मा चिनियाँ कम्युनिष्ट पार्टीको १०२औँ स्थापना दिवसको पूर्वसन्ध्यामा सो जानकारी दिइएको हो । तथ्यांकअनुसार सन् २०२१ देखि यो संख्या लगभग १.३३ मिलियन अथवा १.४ प्रतिशतले बढेको पाइएको छ । रासस÷सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?