काठमाडौं । इएसए नेपाल र आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको बोर्न टु हुप गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । चार टिम सहभागी राउण्ड रोविन लिगमा आइएसए नेपाल विजेता तथा बोर्न टु हुप उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।
आइएसए नेपालले बोर्न टु हुपलाई १३-७, बलर्स एकेडेमीलाई ६-२ र गोल्डेन बडलाई १३-२ ले पराजित गर्यो । बोर्न टु हुपले गोल्डेन बडलाई ७-५ तथा बलर्सलाई ११-८ ले हरायो । आइएसए नेपाल भने बोर्न टु हुपसँग १३-७ ले पछि पर्यो ।
ब्वाइजमा मनास्लु वल्र्ड कलेज, युजिए, ग्राण्डी, बोर्न टु हुप, जिपिएचएस, बलर्स एकेडेमी भिएस ‘ए’ र टिम कुमारले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । ब्वाइजमा २२ टिम सहभागी छन् ।
दुवै समूहमा पहिलो हुनेले २० हजार तथा दोस्रोले १० हजार नगद पुरस्कार हात पार्नेछन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिनेछ । नगद पुरस्कारबाहेक छात्रवृत्तिको पनि व्यवस्था छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच