एमाले सचिवालय बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज (सोमबार) बस्दैछ छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न एमालेले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बोलाएको हो ।

केन्द्रीय कार्यालयको आइतबारको बैठकले सचिवालयका लागि चार वटा एजेन्डा तय गरेको थियो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार निर्वाचनको समीक्षासँगै स्थानीय तहका जनप्रतिनिधिका लागि प्रशिक्षण, केन्द्रीय विभागको पूर्णता र समसामयिक राजनीतिक परिस्थितिका एजेन्डामा छलफल हुनेछ ।

यस्तै बैठकले स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावको कार्ययोजना पनि तय गर्ने छ ।

केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने गरी एजेन्डा तय गरेको हो ।

त्यस्तै, एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट बैठकमा पेस गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?