युवा संघ र अखिलले ७ मंसिरको विशेष कार्यक्रम तीनकुनेमा गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । माइतीघर मण्डलामा कार्यक्रम गर्न नपाउने भएसँगै नेकपा एमालेका नेता महेश बस्नेतले तीनकुनेमा कार्यक्रम आयोजना गरिने बताउनु भएको छ ।

नेपाल सरकारले सुरक्षाको कारण माइतिघरदेखि बानेश्वरसम्मको क्षेत्रमा सभा सम्मेलन गर्न नदिने निर्णय गरेसँगै मंसिर ७ गते ११ बजे हुने युवा संघ र अखिलको विषेश कार्यक्रम तीनकुनेमा गरिने उहाँले सामाजिक सञ्जालमार्फत जनाउनु भएको हो ।

नेकपा एमालेका नेता बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलामा कार्यक्रम गर्ने तयारी गरेसँगै मुडभेडको अवस्था निस्कन सक्ने भन्दै प्रशासनले उक्त क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरेको छ।

प्रसाई र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले काठमाडौंको सुरक्षा व्यवस्थामा पनि कडाइ गर्ने भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?