विद्यार्थीलाई अन्तरपुस्ता सीप तथा अनुभव हस्तान्तरण

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयमा अन्तरपुस्ता सीप तथा अनुभव हस्तान्तरण कार्यक्रम गरिएको छ ।

रेसुङ्गा नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को महिला विकासतर्फको स्वीकृत कार्यक्रम अनुसार  ३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सो कार्यक्रम गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कल्पना पाण्डेले जानकारी दिनुभयो ।

दुई दिनसम्म चल्ने सो कार्यक्रम पहिलो दिन सिद्धबाबा माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई ज्येष्ठ नागरिकबाट अनुशासन, नैतिकता, योग साधना, संस्कार, पूर्वीय दर्शन एवम् राम्रो आचारणको बारेमा जानकारी गराइएको छ ।

दोस्रो दिन उपल्लो तम्घास माध्यमिक विद्यालयमा ज्येष्ठ नागरिक र विद्यार्थीबीच सीप तथा अनुभव आदानप्रदान गरिने भएको छ ।

रेसुङ्गा संरक्षण समिति अध्यक्ष सुरेशचन्द्र भुसाल, रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख दिन पन्थी र पूर्व जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद पन्थीले विद्यार्थीलाई प्रशिक्षण दिनुहुने बताइएको छ ।

त्यस अवसरमा रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले विद्यार्थीले पुराना अग्रजहरुले सिकाएका कुरा सिक्न जरुरी रहेको भन्दै नैतिक शिक्षा, पूर्वीय दर्शनको बारेमा सबैले सिक्नुपर्ने बताउनुभयो । सभ्य समाज निर्माणका लागि सहि संस्कारको सिक्नुपर्ने भन्दै सहि संस्कारको सबैलाई सेयर गर्न समेत उहाँले आग्रह गर्नुभयो । सबैले आफन्तसंग सद्भाव र सामीप्यतालाई प्रगाढ गराउन जरुरी रहेको भन्दै सबै विद्यार्थी ठूलो होइन, असल मान्छे बन्नुपर्ने बताउनुभयो । विद्यार्थीलाई संस्कार, संस्कृति, सिकाउनका लागि यो कार्यक्रम गरिएको भन्दै संस्कार बिनाको शिक्षाको कुनै अर्थ नरहने उल्लेख गर्नुभयो ।

नगरपालिकाका सामाजिक विकास समिति संयोजक लिलाधर आचार्यले ज्येष्ठ नागरिकको कुराहरु सिक्न जरुरी रहेको भन्दै असल संस्कारको सिको गर्नुपर्ने बताउनुभयो । यो कार्यक्रमलाई आगामी वर्षमा धेरैभन्दा धेरै विद्यालयमा पुर्याउने उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्यालले  पुराना कुराहरुको उजागर गर्न र विद्यार्थीलाई पुराना कुरा सिकाउन यो कार्यक्रम गरिएको बताउनुभयो । विद्यार्थीले राम्रोसँग लिन जरुरी रहेको भन्दै हरेक कुरामा विद्यार्थीलाई जिम्मेवारी बोध गराउनका लागि आवश्यक पर्ने कुरा प्रवाह गर्न प्रशिक्षणलाई आग्रह गर्नुभयो ।

त्यस्तै, शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले आगामी वर्षमा यो कार्यक्रम फराकिलो पार्ने भन्दै अनुशासन, नैतिकता र योग साधना, स्वास्थ्यका बारेमा जानकारी गराइने बताउनुभयो । यहाँबाट धेरै कुरा सिक्ने अनि व्यवहारमा लागू गर्न सबैलाई आग्रह गर्नुभयो । त्यस विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले विद्यालयमा महत्त्वपूर्ण कार्यक्रम गरेको भन्दै नगरपालिकालाई धन्यवाद दिनुभयो । ज्येष्ठ नागरिक ज्ञानको भण्डार रहेको भन्दै सबैले ज्येष्ठ नागरिकका कुराहरु सिक्न जरुरी रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?