काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक सय किलो सुन तस्करी प्रकरणको छानबिन गर्न माग गर्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई रास्वपाका सांसदहरूले बुधबार सार्वजनिक महत्वको प्रस्ताव बुझाएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय किलो सुन बरामद भएको थियो। मोटरसाइकलको ब्रेक शु र सेभिङ ब्लेडमा राखेर सुन ल्याएको भेटिएको थियो।
रास्वपाका तर्फबाट सभापति रवि लामिछानेसहित पार्टीका सांसदहरुले हस्ताक्षर गर्नुभएको छ । उक्त प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच