२०४० सालमा एसएलसी पास गरेर काठमाडौं पढ्न आएपछि जिल्ला फर्केर गइए भन्दा फरक नपर्ला । वर्षमा एक-दुई पटक दशैँतिहारमा गएकोलाई त जिल्ला फर्किएर गएको भन्न पनि नमिल्ला । माटाको मायाले जाने भए त यत्ति लामो समय बित्दैनथ्यो होला । तर, गाउँ गएका बेला चाहिँ त्यहाँको माटोमा लुट्पुटिन र त्यहाँका मानिससँग सहचरी बन्न मन अतालिन्थ्यो नै । यसैगरी १२-१४ वर्ष बिते अनि माओवादी द्वन्द्व पनि सुरु भयो । वातावरण असहज बन्दैगयो । हुन त हामी सरकार र माओवादी दुवैको टार्गेटमा पर्ने स्तरमा थिएनौं तैपनि त्यसबेला हुलहुलमा जिउ जोगाउनुपर्ने अवस्था थियो । कारण चाहिँदैनथ्यो, व्यक्तिगत रिसइबीले मात्रै पनि ज्यान जानसक्थ्यो ।
मैले विनाकारण प्रहरी प्रशासनको बक्रदृष्टि-२०४६ सालको जनआन्दोलनताका नै भोगिसकेको थिएँ । द्वन्द्वकै समयमा हामी ओखलढुंगा छोडेर मोरङको दुलारी बसाइँ झर्यौँ । मोरङको माटोसँग हाम्रो सामिप्य करिब २० वर्ष जति रहृयो तर पछि जोडिएको नाता भएका कारण त्यति मनोकर्षक हुँदोरहेनछ । यसबारे मैले केही लेखिसकेको छु केही पछि लेखौंला । अहिलेको सन्दर्भ हो ओखलढुंगाको माटाको स्पर्श । अन्तिम पटक-२०५३ साल माघ महिनाको १३ गते ओखलढुंगाको मेरो प्यारो गाउँ बिगुटारका मेरा प्यारा स्वजन र मेरा पदचाप छोडेर हिँडेपछि म फेरि त्यहाँ पुगेकै थिइन ।
पछिल्लो चरणमा म कथित शहरमा बगालिएको मात्र हुँ । मेरी आमाले मलाई पखालेको पानी ओखलढुंगाकै हो, मैले पहिलो पटक फेरेको सास त्यहाँको हावाकै हो र मैले पहिलो पटक टेकेको माटो पनि मेरो प्यारो ओखलढुंगाकै हो ।
जाने-आउँनेहरूलाई मलाई मेरी आमाले जन्मनासाथ पखालेको पानी सोसिएको रछ्यानका गराको एक-आधा केजी माटो ल्याइदेओ न भन्दा ती साथीभाइहरू हाँसेर उडाउँथे । हुन त त्यो माटो ल्याएर पनि यहाँ कतै राख्ने ठाउँ छैन, गमलामा राख्नुबाहेक विकल्प छैन तैपनि सिरान हालेर सुत्दा पनि राम्ररी निद्रा लाग्थ्यो कि भन्ने मलाई लाग्थ्यो । उनीहरू भने हाँसेर टार्थे । मानिस युरोप, अमेरिका पानी-पँघेरो जसरी जाँने-आउँने गर्छन् तर मेरा लागि मेरो प्यारो ओखलढुंगा पनि भूगोलको अर्को छेउ भइरहेको थियो । यसको मूल कारण भने मेरो निजी क्षेत्रको जागिर नै हो ।
म आफू संलग्न भएका विराज समाज र बिगुटार विकास फाउण्डेशनले वर्षमा दुई-दुई पटक त्यहाँ गएर विभिन्न समाजसेवी कार्य गर्ने गरेका छन्, मलाई जाऊँ भनेर कर पनि गर्छन् तर म जान सकिरहेको थिइनँ । म जहाँ जता बरालिए पनि र जताजता बथानिए पनि म ओखलढुंगाकै माटोको मान्छे हुँ । जीवनका तीस वर्ष मैले त्यहीँको हावा, पानी र माटामा बिताएको छु । त्यहाँ मैले सबै खालका काम गरेको छु । खर्कमा गोठ बसेको छु, रूख चढेर डालेघाँस झारेको छु र भुइँघाँस डोकाभरि छाँदेर बोकेको छु । हलो जोत्ने, रोपाइँ गर्ने, डल्ला फोर्ने सबै काम मेरा लागि नौला होइनन् । दाउरा चिरेको, रूखबाट थुर झारेको अनुभव पनि मसँग छ ।
पछिल्लो चरणमा म कथित शहरमा बगालिएको मात्र हुँ । मेरी आमाले मलाई पखालेको पानी ओखलढुंगाकै हो, मैले पहिलो पटक फेरेको सास त्यहाँको हावाकै हो र मैले पहिलो पटक टेकेको माटो पनि मेरो प्यारो ओखलढुंगाकै हो । मैले जन्मिनासाथ च्याहाँँ गरेर रोएको आवाज त्यहीँको दिगदिगन्तमा अझै फैलिइरहेकै होलाजस्तो लाग्छ । त्यसैले नेपालकै सबै ठाउँ मेरा आफ्नै देशको भूमिका भाग भए पनि म अन्तको बन्नै सकिनँ, न त मोरङको भएँ न सुनसरीको न त काठमाडौंकै । त्यसैले राजधानीमा रहँदा म ओखलढुंगा र ओखलढुंगाका मानिसहरूसँगै रमाइरहेको छु । जिल्लाका केही सामाजिक साहित्यिक संस्थामा संलग्न छु । साँच्चै भन्ने हो भने राजधानीमा यति लामो समय बसेर राजधानीमा रमाउन सकेको छुइनँ ।
यही सन्दर्भमा केही वर्ष पहिले ओखलढुंगा कला समाज स्थापना गर्न जिल्लाका केही कलाकार साथीहरूले पहल गर्नुभएको पाएँ । म पनि प्रारम्भिक चरणका एक-दुईवटा भेटघाटमा संलग्न भएँ र यस संस्थालाई कलाकारहरूको मात्र होइन साहित्यकारहरूको समेत संस्था बनाउन पाए हुन्थ्यो भन्ने आसयको विचार व्यक्त गरेँे । साथीहरूले यसलाई सकारात्मक रूपमा लिनुभयो र ‘ओखलढुंगा कला साहित्य समाज’ नाममा संस्था स्थापना गरियो । संस्थाले छोटो समयमै राम्ररी गति लियो । केही ठूला कार्यक्रम नै सञ्चालन गर्न सफल भयो ।
यसवर्ष यस सामाजले अलिक फरक खालको कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्यो । यसका लागि केही तयारी बैठक भए । यस सममाजका संस्थापक अध्यक्ष गम्बु शेर्पा गत स्थानीय निर्वाचनमा ओखलढुंगाको खिँजीदेम्बा गाउँपालिकाको अध्यक्ष निर्वाचित हुनुभयो । नेपालमा राजनीति गर्ने योजनाका साथ अमेरिकाको ग्रिनकार्डसमेत त्यागेर केही वर्ष पहिले उहाँ नेपाल फर्किनुभएको थियो । उहाँको समाजसेवी कार्यले गर्दा स्थानीयस्तरमा नागरिक उहाँप्रति आकर्षित र विश्वस्त बने । नेपाली कांग्रेसको राम्रो प्रभाव क्षेत्र भएका कारण २०७४ सालमा त्यहाँ नेपाली कांग्रेसले विजय गरेको थियो । वेदबहादुर रोक्का त्यसबेला गाउँपालिका प्रमुख निर्वाचित हुनुभएको थियो । यस पटक भूपेन्द्र खड्काले नेपाली कांग्रेस पार्टीबाट प्रतिस्पर्धा गर्नुभएको रहेछ तर गम्बु शेर्पासँग उहाँ ६६ मतले पराजित बन्नुभएको रहेछ ।
सबैजना जाने भएका थियौं, जानुलाई अनिवार्य गरिएको पनि थियो तर त्यही बेला बलबहादुर परियारको पायल्सको अपरेसन भयो, शक्तिकुमार बिरामी हुनुभयो, १३ दिने दाजुभाइ पूर्वसभासद बालकृष्ण ढुंगेलको निधन भएका कारण नवीन ढुंगेल जान पाउनु भएन । बाँकी हामी जाने भयौँ ।
अहिले पनि त्यहाँ नेपाली कांग्रेसकै राम्रो प्रभाव रहेछ । गम्बु शेर्पा पनि पहिले नेपाली कांग्रेसकै सिद्धान्तप्रति आस्थावान हुनुहुन्थ्यो तर पछि उहाँले जनता समाजवादी पार्टीको सदस्यता लिनुभयो र सोही पार्टीबाट निर्वाचनमा भाग लिएर विजयी बन्नुभएको थियो । यस पटक पनि खिँजीदेम्बा गाउँपालिकामा नेपाली कांग्रेस पार्टीकै बहुमत आएको रहेछ । त्यस्तो ठाउँमा पनि अर्को पार्टीबाट उहाँले विजय गर्नु भनेको उहाँको लोकप्रियताको कारण नै हुनसक्छ ।
जेहोस् उहाँको विजयपछि उहाँले आफूले स्थापना गरेको यस ओखलढुंगा कला साहित्य समाजलाई आफ्नै ठाउँमा आएर कार्यक्रम गर्ने हो भने गाउँपालिकाका तर्फबाट केही रकम विनियोजन गरिदिन्छु भन्नुभएका कारण ओखलढुंगा कला साहित्य समाजले उहाँको त्यस प्रस्तावलाई स्वीकार गरी खिँजीदेम्बा गाउँपालिकाको केन्द्र खिँजी फलाटेमा ओखलढुंगा जिल्लास्तरीय साहित्य, गायन र नृत्य विधाका प्रतिभा छनौटको कार्यक्रम राख्ने निर्णय गर्यो । उहाँले गाउँपालिकाबाट ६ लाख रुपैयाँ बजेट यस कार्यक्रमका लागि विनियोजन गरिदिनुभयो । यसैका लागि हाम्रो समूह गत असोज महिनाको २६, २७, २८ र २९ गते त्यहाँ सम्पन्न हुने कार्यक्रमका लागि एक दिनअघि २५ गते त्यसतर्फ प्रस्तान ग¥यो । ओखलढुंगा कला साहित्य समाज आयोजक र खिँजीतेम्बा गाउँपालिका सहआयोजक भएर कार्यक्रम सञ्चालन हुने निर्णय भएको थियो ।
काठमाडौं आरुबारीस्थित गम्बु शेर्पाकै घरमा उहाँले उपलब्ध गराउनु भएको कोठामा ओखलढुंगा कला साहित्य समाजको कार्यालय छ । त्यहाँ हामी सल्लाहकारसहित कार्यसमितिका साथीहरू बसेर केही बैठक गरेपछि कार्यक्रमको मिति र त्यसका साथसाथै अन्य तयारी गरिएको हो । यसका लागि कार्यसमितिका साथीहरूले निकै ठूलो मिहिनेत गर्नुभएको छ । निर्दिष्ट योजनाअनुसार २५ गते बिहान हामी चाबहिलमा भेट्ने भयौं । सल्लाहकारमा साहित्यकारबाट म विनोद दाहाल र चेतनाथ धमला अनि कलाकारहरूबाट गायक नवीन ढुंगेल, महाप्रसाद खनाल, माधव दाहाल, शक्तिकुमार श्रेष्ठ र बलबहादुर परियार रहेका छौं । संस्थाको नियमानुसार निवर्तमान अध्यक्ष पदेन सल्लाहकार हुने नियमबमोजिम गम्बु शेर्पा पनि हाल यस संस्थाको सल्लाहकार हुनुहुन्छ ।
सबैजना जाने भएका थियौं, जानुलाई अनिवार्य गरिएको पनि थियो तर त्यहीबेला बलबहादुर परियारको पायल्सको अपरेसन भयो, शक्तिकुमार बिरामी हुनुभयो, १३ दिने दाजुभाइ पूर्वसभासद बालकृष्ण ढुंगेलको निधन भएका कारण नवीन ढुंगेल जान पाउनु भएन । बाँकी हामी जाने भयौं । म र माधव दाहाल कपनबाट चाबहिल जानुपर्ने बिहान उज्यालो हुनुपूर्व नै त्यहाँ पुग्न सजिलो थिएन तर आरुबारीबाट हार्मोनियमलगायत बाद्यसामग्री लिएर ट्याक्सीमा संस्थाका वरिष्ठ उपाध्यक्ष र यस कार्यक्रमका संयोजक गोपाल सेञ्चुरी र उहाँका बहिनी संस्थाकी सहसचिव निरुता सेञ्चुरी आउनुपर्ने भएका कारण रुट कपन फैका बनाउँदै आउनुहोस् न त भनेर अनुरोध गरेअनुसार उहाँहरू त्यही बाटो आउनाले हामीलाई सजिलो भयो ।
संस्थाका अध्यक्ष मणिराज राई पनि त्यहीँनेरको भृकुटी चोकबाट त्यही ट्याक्सीमा चढ्नुभयो । केही बेरमै हामी चाबहिलचोक जहाँ गाडी रोकिइरहेको थियो पुग्यौं । अरू साथीहरू को-को कता कताबाट आउनुभयो ? दुःख पनि भयो होला तर सबै जम्मा भयौं । केही बेरको पर्खाइपछि गाडी कोटेश्वरको मार्गतर्फ गतिशील बन्यो । चेतनाथ धमला ललितपुरको नखिपोटबाट आउनुपर्ने थियो । चाबहिलबाट गाडी गुडेपछि फोन गर्दा उहाँ हिँडिसक्नुभएको रहेछ । गाडी त पाँचै मिनेटमा कोटेश्वर पुग्यो धमलाजी आइपुग्नु भएकै थिएन, गाडीले पाँच मिनेट पर्खिन पनि मानेन, उहाँलाई छोडिदियो । उहाँ कोटेश्वर आइपुग्दा गाडी जडिबुटी पुग्यो । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच