काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको छ ।
शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जनाउनु भयो ।
कांग्रेस सांसद शर्माले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै आउनु भएको थियो ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा उहाँले अर्थ र गृहमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने बताउँदै आउनु भएको थियाे ।
मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद शर्मा पक्राउ परेको विषयमा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको छ ।
‘केही दिनदेखी सुन तस्करीको बिषयमा बोल्दै आएका सांसद सुनील शर्मालाई सीआइबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो रु संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्वीकृति दिएका हुन् ? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै एकजुट भएका हुन् रु,’ सिवाकोटीले प्रश्न गर्नुभएको छ ।
शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिनुभयो ।
प्रहरीले शर्मासँगै अरु दुई जनालाई पनि पक्राउ गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच