काठमाडौं । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले अनवर-उल-हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नुभएको छ ।
शनिवार राष्ट्रपति आरिफ अल्वीले अनवर-उल-हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्ति गर्नुभएको हो । राष्ट्रपतिले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) बमोजिम उक्त स्वीकृति दिनुभएको हो ।
प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बन्नुभएको छ। कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निःवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिवार छलफल भएको थियो ।
सोही छलफलपछि अनवरको नाममा सहमति जुटेको हो । ककर मार्च २०१८ देखि पाकिस्तानको सिनेटको सदस्य हुनुहुन्छ । उहाँ सन् २०१८ को पाकिस्तानी सिनेटको चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट स्वतन्त्र उम्मेदवारको रूपमा पाकिस्तानको संसदमा निर्वाचित हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच