मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Read Time = 1 min

-जितेन्द्र भण्डारी
पाँचथर । पाँचथरको हिलिहाँङ गाउँपालिका वडा न.७ अन्र्तगत मध्यपहाडी लोकमार्गमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक हिलिहाङ–४ का ३६ बर्षीय रमेश योङया रहेको प्रहरीले जनाएको छ ।
योङयालाई लोकमार्ग अन्तर्गत एक्चेप्पा भिरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेका थिए । प्रहरीले उपचारको लागि जिल्ला अस्पताल पाँचथर पु-याउनासाथ डाक्टरले योङयालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिनुभयो ।

योङया बिहीबार नै पल्सर मोटरसाईकलमा घरबाट सदरमुकाम फिदिम हिडेको बताइएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?