खस्कियो अर्थतन्त्र : तथ्यांक विभाग

Read Time = 3 mins

काठमाडौं । आलु आर्थिक वर्षको पहिलो तीन महिनामा अर्थतन्त्र निकैै खस्किएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन वृद्धिदरको प्रक्षेपणअनुसार सो अवधिमा एक प्रतिशतभन्दा न्यून वृद्धिदर रहेको छ ।

चालु वर्षको पहिलो त्रैमासमा नेपालको अर्थतन्त्र गत वर्षको पहिलो त्रैमासको तुलनामा ०.८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा तीन प्रतिशतको वृद्धिदर रहेको थियो । तीन महिनामा खानी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।

गत वर्षको तुलनामा खनिज क्षेत्रको उत्पादन २९ प्रतिशतले घटेको छ भने निर्माण क्षेत्र २४ प्रतिशतले ऋणात्मक रहेको छ । कृषि क्षेत्रको वृद्धिदर १.६ प्रतिशत रहेको छ । गत आवको पहिलो त्रैमासमा तीन प्रतिशतले बढेको अर्थतन्त्र अन्तिम त्रैमासमा नौ प्रतिशतले बढेको थियो । २०७७/०७८ को पहिलो त्रैमासमा ०.९ प्रतिशतले ऋणात्मक थियो ।

उत्खनन् र खानी क्षेत्रमा २९.२ प्रतिशत र निर्माण क्षेत्रमा २४ प्रतिशतले नकारात्मक वृद्धिदर देखिएको छ भने व्यापार व्यवसायमा पनि तीन प्रतिशतको नकारात्मक वृद्धिदर छ । यातायात तथा स्टोरेज र शिक्षामा पनि ०.३ प्रतिशतको नकारात्मक वृद्धिदर रहेको छ । चालु आवको पहिलो त्रैमासमा विद्युत्, ग्याँस, स्टिम र एयर कण्डिसनिङ आपूर्ति क्षेत्रमा २७.२ प्रतिशत, बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रमा २२ प्रतिशत, प्रशासन तथा सेवा क्षेत्रमा सात प्रतिशत, प्रोफेसनल, साइन्टिफिक र टेक्निकल क्रियाकलापमा ६.६ प्रतिशत र सार्वजनिक प्रशासनिक र डिफेन्स र सामाजिक सुरक्षा क्षेत्रमा ४.६ प्रतिशतले आर्थिक वृद्धिदर रहेको छ ।

कृषि, वन र मत्स्यपालनमा १.६ प्रतिशत, उत्पादन क्षेत्रमा १.९ प्रतिशत,. खानेपानी, ढल तथा फोहोर व्यवस्थापनमा ०.२ प्रतिशत, सूचना तथा सञ्चार क्षेत्रमा १.४ प्रतिशत, रियल स्टेट क्षेत्रमा २.२ प्रतिशत, शिक्षा क्षेत्रमा ३.१ र मनोरञ्जन, कला र अन्य घरायसी क्षेत्रमा ४.७ प्रतिशत रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?