काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफ्नो र छोरीको नाम जोड्नु वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्र बिरुद्धको हमला भएको बताउनुभएको छ ।
मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफू र छोरीको नाम जोड्नु राजनीतिक प्रणाली, संविधान र गणतन्त्र विरुद्धको हमला भएको बताउनुभएको हो ।
उहाँले कतिपय मानिसहरु आफूलाई ‘ह्युमुलेट’ र ‘डिप्रेश’ नगरेसम्म व्यवस्था उल्टिँदैन भनेर त्यही ढंगले लागेका बताउनु भयो । उहाँले एनसेल प्रकरणमा आफ्नो परिवारमाथि लगाइएको आरोप झुठो भएको बताउनु भयो । उहाँले लगाइएको आरोपहरु सावित नहुने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘म सँग जोडेर प्रचार गिरिजाबाबुले धमिजा काण्डमा गरेको भन्दा प्रचण्डले एनसेल काण्डमा ४८० गुणाबढी भ्रष्टाचार गरेको छ । त्यो साँचो भएको भए त म बाँच्नै नसक्ने हुन्थ्यो । त्यो झुठो हो भन्ने मलाई थाहा भएपछि त म ढुक्क छु ४८०, ५००, १००० बढी भनेपनि त्यो सावित हुनेवाला छैन । अब मेरो परिवारका सदस्य घट्दै गएर ३ जना भएका छौँ । त्योमध्ये एउटा भरतपुर महानगरपालिकाको मेयर छ, ऊ उतै बढी व्यस्त हुन्छ । एउटा छोरी छ, विचरा त्यो कस्ती छ तपाईहरुले थाहा पाउनुभएकै छ । उसलाई जोडेर बनाएको छ । उचालेको छ । भन्दा म के ठान्छु भने यो वास्तवमा संविधान, प्रणाली, गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो । म स्पष्ट छु त्यसमा । किनकी प्रचण्डलाई नराम्रोसँग ह्युमुलेट नगरेसम्म र डिप्रेश नबनाएसम्म यो उल्टिने भएन भन्ने छ नि त एकथरीलाई ।’
प्रधानमन्त्री दाहालले एनसेलको शेयर खरिद, बिक्री गर्नेहरुलाई आफूले चिनेको भएपनि कानून, संविधान र प्रणालीको बिरुद्धमा गए नछोड्ने बताउनु भयो । चिनेजानेको नाताले अनुहार हेरेर नबस्ने उहाँको भनाई छ ।
प्रधानमन्त्री दाहालले एनसेल शेयर किनबेच प्रकरणमा पहिलो दृष्टिमै गडबडी देखिएको बताउनुभएको हो ।
उहाँले सो प्रकरणमा जालझेल भएको कुरामा आफू स्पष्ट रहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष ०७२÷०७३ को भ्यालुएसन १४३ अर्ब हुँदा अहिलेको भ्यालुएसन २०० अर्बको हुनुपर्ने भन्दै ६ अर्बको भ्यालुएसन गर्नु जालझेल भएको बताउनु भयो ।
एनसेलले आफ्नो स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण नगर्ने नियत राखेको पनि उहाँले बताउनु भयो । प्रधानमन्त्री दाहालले कानूनी छिद्रलाई टाल्ने र एनसेल बिरुद्धको लडाइँमा जुनसुकै मूल्य चुकाउनका लागि पनि आफु तयार रहेको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले विगतमा आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि एनसेललाई कर तिराएको स्मरण गराउनु भयो । त्यसबेला नेपालले मुद्दा जितेर नेपालको ६५ अर्ब जोगिएको उहाँको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच