काठमाडौं । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा आज (आइतबार) देखि तीन दिनसम्म बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ ।
केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले महोत्सव गर्न लागेको हो ।
जगत नेपालको हाइज्याकिङ फर डेमोक्रेसी वृत्तचित्र प्रस्तुतिपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आज कार्यक्रमको उद्घाटन गर्नु हुनेछ ।
पहिलो दिनको कार्यक्रममा ६ वटा सेसनहरू चल्नेछन् । बीपीको साहित्य सिर्जना र जीवन दर्शनको वक्ता अभि सुवेदी हुनुहुनेछ । ‘बीपीका दृष्टिमा बीपी’ बहसमा सिकेलाल, कृष्ण खनाल र भुवन ढुंगाना वक्ता हुनुहुनेछ ।
त्यस्तै पहिलो दिनका अन्य कार्यक्रममा बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य र कविता साँझ हुनेछ ।
सहमहामन्त्री बद्री पाण्डे नेतृत्वको मूल तयारी समितिले तीन दिने कार्यक्रमको तालिका सार्वजनिक गरिसकेको छ । जसमा बीपीका राजनीति, कूटनीति, साहित्यसहितका विषयमा विभिन्न प्रस्तुति र छलफलका कार्यक्रम हुनेछन् ।
कांग्रेसले गर्न लागेको बीपी महोत्सव कार्यक्रममा डा. बाबुराम भट्टराईदेखि एमालेका प्रदीप ज्ञवालीसम्म वक्ताका रूपमा रहनु हुनेछ । महोत्सवमा विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, कवि, इतिहासविद् अर्थशास्त्री, राजनीतिक विश्लेषक र पत्रकारहरूसमेत विभिन्न सेसनका कार्यक्रममा सहभागी हुने भएका छन् ।
२५ गते दोस्रो दिन सात वटा सेसन चल्नेछन् । जसमा वीर गणेशमान चलचित्र, मार्क्स, गान्धी र बीपी अनि आजको समाजवाद, बीपीले नपाएका १५ वर्ष, बीपीको आख्यानमा मधेसजस्ता कार्यक्रम चल्नेछन् ।
२६ गतेको अन्तिम कार्यक्रममा आठ वटा सेसन चल्नेछन् । बीपीको तीन घुम्ती चलचित्र देखाएर शुरू हुने कार्यक्रम कुटुम्ब ब्याण्डको सांगितिक साँझबाट अन्त्य हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच