काठमाडौं । चलचित्र ‘महाजात्रा’को फस्ट लुक्स पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा अभिनेता हरिवंश आचार्यसँगै विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा हुनुहुन्छ । विपिन र दुई रवीन्द्रले अभिनेता आचार्यलाई हिृवलचेयरमा कतै लगिरहेको पोष्टरमा देखिन्छ ।
पोष्टरले हरिवंश बन्दी बनाएको संकेत गरेको छ । पोष्टरमार्फत सिनेमाको कथासार झल्काउने प्रयास गरेको कार्यकारी निर्मातासमेत रहनुभएका कलाकार रवीन्द्रसिंह बानियाँले जानकारी दिनुभयो । आपत्कालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले बताएको छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा हरिवंश, विपिन र दुई रवीन्द्रसँगै प्रकाश घिमिरे, वर्षा राउत, अर्जुनजंग शाही, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ । चलचित्रको निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुनुहुन्छ । चैत ९ गते प्रदर्शन हुने ‘महाजात्रा’ ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको हो ।
चलचित्रकोे एक गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्मा देखिनुहुनेछ । एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको ‘क्या राम्रो ..’ गीतमा कविराज गहतराजले नृत्य निर्देशन गर्नुभएको छ । पुरुषोत्तम प्रधान छायाकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकारको रूपमा चलचित्रमा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच